केन्द्रीय संस्करण

डेलले आरएसए साइबर सुरक्षा एकाई २ अर्ब डलरमा बेच्ने घोषणा

person explore access_timeफागुन ७, २०७६ chat_bubble_outline0

एजेन्सी । प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई बिक्री गर्ने घोषणा गरेको छ । आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ । यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षाहरू गरिएका समय डेलले यो घोषणा गरेको हो । 

‘विश्वको उच्च सुरक्षा ब्रान्ड मध्ये एक डेलको आरएसएले डिजिटल रूपान्तरणको साथसाथै द्रूत गतिमा विकास भइरहेको ग्राहक चुनौतीहरूको समाधान गर्नका लागि ठूलो अवसरको प्रतिनिधित्व गर्दछ,’ सिम्फनी समूहका प्रबन्ध साझेदार विलियम चिशोलमद्वारा जारी विज्ञप्तिमा बताइएको छ । 

डेलका अनुसार आरएसएका एक हजार २०० भन्दा बढी ग्राहक रहेका छन् र यसको मुख्य समूह साइबर–सुरक्षा उद्योगको सबैभन्दा ठूलो समूह हो ।  ‘लेनदेनले हाम्रो व्यवसाय र उत्पादन कार्यलाई अझ सजिलो बनाउनेछ,’ डेल टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकारी अफिसर जेफ क्लार्कले भने ।

‘यसले डेल टेक्नोलोजीको तथ्याङ्क सुरक्षित, र समय अनुकुल बनाउनको लागि हाम्रो रणनीतिमा केन्द्रित भई संरचना, मञ्च र उपकरणहरूमा स्वचालित तथा बौद्धिक सुरक्षा निर्माणको काम गर्छ ।’ 

सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्याङ्कलाई सङ्केतमा ढाल्ने प्रणाली विकास गरेको थियो । अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब दुई अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले भ किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो ।Photo: Wikipedia
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.