दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय
सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहनुभएका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।
सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।
आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिनुभएको थियो । अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र
-
गण्डकीको संसद् बैठक स्थगित
-
भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता