राससलाई समाचार बैंकका रूपमा स्थापित गरिनुपर्छः मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लामो इतिहास बोकेको राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार बैंकका रूपमा स्थापित गरिनुपर्ने बताएका छन् । राससको ५९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनले राज्यको समाचार संस्थाका रूपमा रहेको स्थापित राससले आफूलाई प्रभावकारी र गुणस्तरीय बनाएर समाचार बैंकका रूपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए ।
‘सरकारी सञ्चारमाध्यम मौलाउने र सरकारी संस्था कमजोर बन्दै जानु आजको चुनौती हो, राससलगायत सरकारी सञ्चारमाध्यमलाई कसरी बलियो बनाउने हो, त्यसतर्फ ध्यान दिन जरुरी छ’, उनले भने ।
राससले परिवर्तनअनुरुप आफूलाई परिष्कृत र समयानुकूल बनाउँदै लैजानुपर्ने बताउँदै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय दृष्टिकोणलाई सार्थक तुल्याउन राज्यको समाचार समितिको हिसाबले आफूलाई परिवर्तित र रूपान्तरित गराउनसक्नु पर्नेमा जोड दिए । उनले स्रोत साधन र उपकरणले मात्र संस्थाको प्रगति नहुने भन्दै कर्मचारीको वृत्तिविकासका लागि पनि ध्यान दिन जरुरी भएको उल्लेख गरे । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले राससलाई बदलिँदो परिस्थितिअनुरुप प्रतिस्पर्धी बनाउन र गुणस्तरीय सेवा दिन सोहीअनुरुपको रणनीतिक सुधार जरुरी भएको उल्लेख गरे ।
प्रविधि र स्रोत साधनले मात्र हैन, कर्मचारीको मनोबल उच्च बनाउन सकेमात्रै संस्थागत उन्नति हुने उल्लेख गर्दै सचिव सुवेदीले राससको समय सान्दर्भिक भूमिका र दायरालाई अझ प्रभावकारी बनाइनुपर्ने खाँचोसमेत औँल्याए । राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राज्यको समाचार संस्था राससलाई बदलिँदो परिस्थिति र परिवेशअनुरुप प्रतिस्पर्धी र व्यावसायिक बनाउन व्यवस्थापन र कर्मचारी दुवैको मनोबल बलियो बनाइनुपर्नेमा जोड दिए । उनले राससको समस्या केवल व्यवस्थापन र कर्मचारीसँग मात्र जोडिएको नभई समग्र राज्य संयन्त्रको पनि समस्या हो भन्दै व्यवस्थापनलाई मात्रै दोष दिएर निष्कर्षमा पुग्न नसकिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई