केन्द्रीय संस्करण

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग प्रदान

person explore access_timeफागुन ७, २०७६ chat_bubble_outline0

काठमाडौं– सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । 

आज विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाई  गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । 

उक्त सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने कुरा समितिले जनाएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ । 

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका अपाङ्ग बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा समितिले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.