शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रैमासिक व्याज भुक्तानी भएको ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ चाँडै बजारमा आउँदै

बुधबार, ०७ फागुन २०७६, १८ : ३५
बुधबार, ०७ फागुन २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” चाँडै बजारमा निष्काशन गर्ने भएको छ । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश (१०) वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । 

२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र १,००० अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपूँजी रकम ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि (छुट्याईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तपÞर्mबाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा यस बैंकले जारी गर्न लागेको १० वर्ष अवधि तथा बार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलबीबीबी प्लस रेटिङ्ग मिति २०७६/०७/०७ मा प्रदान गरेको हो । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने इन्स्ट्रुमेन्टलाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा  सुरक्षित मानिन्छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टी.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । 

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । 

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप