बलिउड अभिनेत्री किशोरी बलालको निधन
मुम्बई । बलिउड अभिनेत्री किशोरी बलालको निधन भएको छ । बलालको मंगलबार राती निधन भएको भारतीय मिडियाले जनाएका छन् । अभिनेता शाहरुख खान अभिनित फिल्म ‘स्वदेश’मा कावेरी आमाको भूमिका निर्वाह गरेकी बलाल उक्त भूमिकाबाटै चर्चित भएकी थिइन् ।
उनको भारतको बेंगलुरुस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८२ वर्षकी बलाल बुढ्यौली उमेरका कारणले लाग्ने बिभिन्न रोगबाट पीडित थिइन् । बलालले १९६० मा कन्नड फिल्म ‘एवालेन्था हेन्डाथी’ बाट फिल्म अभिनयमा प्रवेश गरेकी थिइन् । बलालले ‘काही’, ‘हानी हानी’,‘ सूर्य कान्ति’ जस्ता चर्चित फिल्ममा समेत काम गरेकी थिइन् ।
उनले सहायक भूमिकामा ७५ बढी फिल्म अभिनय गरेकी छन् । बलालको निधनप्रति दुःख व्यक्त गर्दै फिल्म ‘स्वदेश’ का निर्देशक आशुतोष गोवारिकले मन निकै दुःखी बनाएको बताएका छन् । उनले ट्विटमार्फत हार्दिक श्रद्धाञ्जली समेत ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार