केन्द्रीय संस्करण

अवैध सम्पत्ति लुकाउन स्वीट्जरल्याण्डलाई अमेरिकाले उछिन्यो

person explore access_timeफागुन ७, २०७६ chat_bubble_outline0

पछिल्लो समय अमेरिका विश्वभरका मानिसले अवैध पैसा लुकाउन प्रयोग हुने प्रमुख गन्तव्य बन्दै गएको देखिएको छ । ‘ट्याक्स जस्टिस नेटवर्क’को एक नयाँ रिपोर्टमा यो कुरा खुलासा गरेको हो । 

रिपोर्ट ‘लुआण्डा लिक’ सार्वजनिक भएको केही समयपछि बाहिरिएको छ । त्यस लिकले अफ्रिकाकी सबैभन्दा धनी महिलाले देशको सरकारी ढुकुटीबाट झिकेर विदेश जम्मा गरेको र त्यस काममा पश्चिमी कन्सल्टिङ फर्मको सहयोग गरेको देखाएको छ । 

फोर्ब्सका अनुसार एंगोलाकी पूर्वराष्ट्रपतिकी छोरी इसाबेल दोस सान्तोषको कुल सम्पत्ति २ अर्ब डलर रहेको बताइन्छ । 

‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालस्ट(आईसीआईजे)’ले उक्त भ्रष्टाचार काण्ड सार्वजनिक गरेका थिए । आईसीआईजेका अनुसार सान्तोषले ‘कर अधिकारीबाट सम्पत्ति लुकाउनको लागि’ पश्चिमी सल्लाहकारको सेना प्रयाग गरेकी थिइन् । 

‘इसाबेल दोस सान्तोषले अमेरिकाको गोपनीय कानुनी व्यवस्थाबाट फाइदा उठाएकी थिइन् । ‘लुआण्डा लिक’का अनुसार सोन्तोषले पोर्चुगलमा सम्पत्ति खरिद गर्नको लागि अमेरिकाको डेलावेर राज्यको एक कम्पनीको प्रयोग गरेकी थिइन् । डेलावर न्युन–करयुक्त गोपनीय कम्पनी निर्माण गर्न विश्वमै सबैभन्दा सजिलो स्थानमध्ये एक हो,’ फर्गुस शीलले बताइन् । शील आइसीआईजे अन्तर्गत लुआण्डा लिक्स परियोजना म्यानेजर हुन् । 

अफ्रिकाकी पहिली महिला अर्वपतिलाई सम्पत्ति स्थानन्तरण तथा संग्रह गर्नका अन्तर्राष्ट्रिय ट्याक्स हेभनले सघाएको आरोप छ । 

अल जजिरासँगको अन्तरवार्तामा दोस सान्तोषले आफूमाथिको सबै आरोप असत्य रहेको बताएकी थिइन् । 

वित्तीय गोपनीयताको हिसाबकिताब

ट्याक्स जस्टिस नेटवर्कले ‘फाइनान्सियल सेक्रेसी इन्डेक्स(वित्तिय गोपनीयता सुचक)’ पनि जारी गरेको छ । त्यसले विश्वका कुनै देशले अन्य देशका मानिसले ल्याएको पैसा लुकाउन वा सम्पति शुद्धीकरणमा गर्न कत्तिको सहजता प्रदान गर्छन् भन्ने आधारमा वरियता श्रेणीवद्ध गरेका छन् ।  

सन् २०२०को सूचकाङ्कले अमेरिकामा वित्तीय गोपनीयता १५ प्रतिशतले बढेको देखाएको छ । योसँगै अमेरिकाले मानिसहरुले पैसा लुकाउन प्रयोग गर्ने राष्ट्रमा स्वीट्जरल्याण्डलाई उछिनेका छन् । 

उक्त सूचकाङ्कले देशलाई गोपनियताको आधारमा १ देखि १०० अंक दिन्छ । त्यसमा शून्यको अर्थ पूर्ण पारदर्शिता हुन्छ भने १०० को अर्थ पूर्णरुपमा गोप्य जनाउँछ । 

यसमा प्राप्त अंक कुनै देशमा गैर–आवासीय व्यक्तिले गर्ने वित्तीय क्रियाकलपाको परिणामको संयुक्त रुप हो । 

सूचीमा हङकङ, सिंगापुर, लक्जमवर्ग, जापान, नेदरल्याण्ड, द ब्रिटिश भर्जिन आईल्याण्ड र युएई पनि शीर्ष स्थानमा छन् । 

वित्तीय गोपनीयतामा एक प्रतिशत मात्र योगदान गर्ने निम्न आयका मुलुक यसबाट सबैभन्दा बढी प्रभावित छन् । 

‘वित्तीय गोपनीयताबाट नै ड्रग्स कार्टेलिङले पैसा पाउने गर्छन्, मानव बेचबिखन नाफामूलक हुने कारण पनि यही हो । साथमा यसले कर लुकाउन सहजता प्रदान गर्छ ,’ टीजेएनका मार्क मन्सुरले भने । 
‘वित्तीय गोपनीयताका कारणले विकासोन्मुख मुलुकले महत्त्वपूर्ण कोष गुमाउँछन् भने अन्य समुदायमा कालो धनको थुप्रो लाग्छ ,’ मन्सुरले भने ।

तथापि सूचकाङ्कका आधारमा केही राम्रो समाचार पनि छन् । विश्वको सम्पूर्ण वित्तीय गोपनीयता भने सन् २०१८ यता घटेको छ । यसले सम्पत्ति शुद्धीकरण, कर छली र अफसोर क्षेत्रमा पैसा लुकाउने कार्यमा कमी आएको जनाउँछ । 

गैरपरोपकारी निजी फाउण्डेन गठन गर्दा स्रोत खुलाउन नपर्ने नयाँ अमेरिकी कानुनले गर्दा अमेरिकाको वित्तीय गोपनीयताको स्तर वृद्धि भएको छ । त्यसबाहेक अमेरिकाले ‘कमन रिपोटिङ स्ट्याण्डर्ड’मा पनि हस्ताक्षर गर्न बाँकी छ । 

उता बेलायतले गोपनीयता मूल्याङ्कनमा चार–अंकको वृद्धि गरेको छ । यो कुनै एक देशले एकै वर्षमा गरेको सबैभन्दा ठूलो वृद्धि हो । 

यसमा बेलायतको सार्वभौमिकता लागु हुने बाह्य भूभागहरु बढी प्रयोग भइरहेका छन् । त्यसमा केम्यान आईल्याण्ड लगायत ब्रिटिस भर्जिन टापू, गुर्नसेजस्तो उलेख्य माथि छन् । 

रिपोर्टले ओईसीडी सदस्य राष्ट्रमा विश्वको वित्तिय गोपनीयताको आधा हिस्सा ओगट्छ । 

सन् २०२० को रिपोर्टमा एंगोला भने आन्तरिक रुपमा दोस्रो सबैभन्दा गोपनिय राष्ट्र भनेको छ । त्यहाँ अहिले देशका पूर्व–राष्ट्रपतिकी छोरी इसाबेल दोस सान्तोषमाथि ठूलो भ्रष्टााचार मुद्दा चलिरहेको छ । 

यही वर्षको सुरुमा आईसीआईजेको १२० रिपोर्टहरुको सहयोगमा दोस सान्तोषको भ्रष्टाचार काण्ड पर्दाफास गरेका थिए । ‘लुआण्डा लिक’ नाम दिइएको उक्त खुलासामा ७ लाख १५ हजार फाइलहरु बाहिर आएका थिए । 

‘हाम्रो अनुसन्धानले यस्तो अन्तर्राष्ट्रिय नियामक प्रणालीमाथि प्रकाश पारेको छ जसले शक्तिशाली व्यक्तिको सेवा गर्दा कुनै प्रश्न गर्दैन,’ आईसीआईजेले भनेको छ । 

‘लुआण्डा लिकले गरिब देशबाट धनी देशमा जाने पैसाको वहावमा वित्तीय गोपनीयताले सघाउ पु-याएको देखिन्छ । यदि अमेरिकाजस्ता धनी देशले गोपनीयताका कारण हुने शोषण रोक्न चाहे भने त्यो सम्भव छ ।’ आईसीआईजेकी फर्गुस शिलले भनिन्  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...