शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको कटाक्ष : प्रधानमन्त्रीलाई कालीदासको संज्ञा !

बुधबार, ०७ फागुन २०७६, १४ : ५५
बुधबार, ०७ फागुन २०७६

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटट्राईले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीलाई कालीदासको संज्ञा दिएका छन् ।

डा.भट्टराईले सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनशायले प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा र मोहीको जग्गासम्बन्धी भ्रम छरेको भन्दै आपत्ति जनाएका छन् । 

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ । अरूमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखालिन्न् भन्ने बुझ्दा राम्रै होला ! मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ, स्मरण गर्नु उचित होला !’

त्यस्तै भट्टराईले जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने आफ्नो भन्नु केही नभएको भन्दै व्याङग्य गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप