बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना विमान ठोक्किए, ४ जनाको मृत्यु

बुधबार, ०७ फागुन २०७६, १३ : २०
बुधबार, ०७ फागुन २०७६

मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । 

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । 

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । –एएफपी/Photo: ABCNews
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप