शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा रहस्यमयी ग्यासका कारण १४ जनाको मृत्यु, साढे दुई सय प्रभावित

बुधबार, ०७ फागुन २०७६, १० : ११
बुधबार, ०७ फागुन २०७६

पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ ।  अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ ।

केमारी इलाकाका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्ने समस्या देखिएको छ ।

आइतबार रातीदेखि अचानक मानिसहरुमा समस्या देखिन सुरु भएपछि उनीहरु अस्पताल जान सुरु गरेका थिए ।

सिन्ध प्रान्तको नगरपालिका मन्त्री नासिर हुसैन शाहले अहिलेसम्म साढे दुई सय प्रभावित व्यक्तिलाई अस्पतालमा भर्ना गरेका छन् जसमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।

मन्त्रीका अनुसार यो घटना कसरी भयो, यसबारे अनुसन्धान गरिँदै छ । उनले भने, ‘सुरुवाती रिपोर्ट आउने बित्तिकै मिडियामार्फत् मानिसहरुलाई जानकारी दिइनेछ र विश्वास दिलाइनेछ ।’

उनले अहिले कराँची युनिभर्सिटीको ल्याब र पिसीएसआईआरमा नमूनाको अध्ययन गरिएको जानकारी दिए ।

कराँचीको एक थानामा यसबारे मुद्दासमेत दर्ता गरिएको छ ।

मृतकको पोस्टमार्टमा पनि गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप