जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात
बुधबार, ०७ फागुन २०७६, ०९ : १४
चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ ।
जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब रु १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ ।
काठबाट रु चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का
-
देउवाको अनभिज्ञता, गठबन्धनभित्रै बढ्यो आशङ्का !
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा