शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाबाट  ६१ प्रकारका जडीबुटी निर्यात

बुधबार, ०७ फागुन २०७६, ०९ : १४
बुधबार, ०७ फागुन २०७६

चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका  एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ ।

 जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब रु १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ ।

काठबाट रु चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।  पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप