राजपुरमा हेलिप्याड निर्माण : विपद् व्यवस्थापनमा सजिलो
नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाको रु तीन लाख लागतमा राजपुर–५ को सालभौरीमा रहेको सो हेलिप्याडको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गरे । हेलिप्याड निर्माणपछि स्थानीयवासी खुशी बनेका छन् ।
विगतमा बाढी आउँदा स्थानीयवासीलाई उद्धार गर्न नसक्दा समस्या भएको थियो । रातिमा पनि हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्न सक्ने गरी बत्तीको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष लोकराज केसीले जानकारी दिए । ३० जना अट्ने नेपाली सेनाको ठूलो एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सक्ने हेलिप्याडको क्षमता रहेको छ ।
कार्यक्रममा १९ नं बाहिनीका सहायकरथी सुशीलकुमार भण्डारीले विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै नवनिर्मित हेलिप्याडले दुर्गम राजपुर गाउँपालिकालाई विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा