शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हालान्डको गोलमा पीएसजी डर्टमन्डसँग स्तब्ध

बुधबार, ०७ फागुन २०७६, ०९ : ०४
बुधबार, ०७ फागुन २०७६

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग स्तब्ध बनेको छ । मङ्गलबार राति भएको खेलमा पीएसजी डर्टमन्डसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।

घरेलु मैदान डर्टमन्डलाई जिताउन दुवै गोल नर्वेका युवा स्ट्राईकर अर्लिङ ब्राउट हालान्डले गरे । पीएसजीका लागि नेयमारले गोल फर्काए पनि हार टार्न सकेनन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । हालान्डले ६९औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । राफेल गुरेरोको प्रहार मिस भएपछि सोही बललाई हालान्डले गोल गरेका थिए । त्यसपछि नेयमारले ७५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । नेयमारले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

पीएसजीको बराबरीलाई हालान्डले लगतै तोड्न सफल भए । ७७ औँ मिनेटमा हालान्डले डिबक्स छेउबाट गोल गर्दै टोलीलाई जीत दिलाए । हालान्डको सशक्त प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले नियाल्नसमेत सकेनन् । जारी सिजन उच्च लयमा रहेका हालान्डले २९ खेलमा ३९ गोल गरिसकेका छन् । डर्टमन्ड आएपछि उनले ११ गोल गरेका छन् । पहिलो लेगको हारले पीएसजी दबाबमा रहेको छ । दोस्रा लेग मार्च ११ तारिख पीएसजीको मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप