ब्यारेकभित्रका शंकास्पद घटना बाहिर ल्याइने
सशस्त्र द्वन्द्वकालमा चर्चाको शिखरमा रहेका भैरवनाथ गणलगायतका ब्यारेकमा भएका भनिएका घटनाको अनुसन्धान गर्न बेपत्ता छानबिन आयोगले तत्परता देखाएको छ। सेना र विद्रोही पक्षको ब्यारेकभित्रका शंकास्पद घटनासमेत बाहिर ल्याइने दाबी आयोगको छ।
द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको छानबिन गर्न गठित आयोगले यसभन्दा अघिका पदाधिकारीहरूले अनुसन्धान गर्न बाँकी भएका उजुरीको प्रारम्भिक अनुसन्धान गर्ने कार्य शुरू गरेको जानकारी गराउँदै मंगलबार भनेको छ– ‘राज्य पक्ष र विद्रोही पक्ष दुवैका जतिसुकै संवेदनशील ठाउँसम्म पुगेर अनुसन्धान गर्न आयोग तयार छ।’
आयोगले पत्रकार सम्मेलन गरी उजुरीको सम्बन्धमा अनुसन्धान शुरू गरेको जनाएको छ। यसभन्दा अघि आयोगका पदाधिकारीहरूले ६५ जिल्लाका उजुरीको अनुसन्धान गरिसकेका थिए। अब बाँकी जिल्लाका उजुरी छानबिन गर्न अनुसन्धान अधिकृत तोकिएको छ। आयोगमा हाल २ हजार ५ सय ६ वटा उजुरी रहेको बताइएको छ। आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगले रोल्पामा अनुसन्धान गर्न चारवटा टोली पठाउन लागेको जानकारी दिए। द्वन्द्वको क्रममा बेपत्ता भनिएका कतिपय व्यक्ति भारततिर गएका पनि पाइएको बताइएको छ।
अध्यक्ष सुवेदीले आफूहरूले स्वतन्त्ररूपमा संविधान, कानुन र अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार काम गर्ने बताए।
बेपत्ता भएका भनिएका व्यक्तिको नाममा रहेका सम्पत्ति रोकिएको भए आफूहरूले त्यसका बारेमा सम्बन्धित निकायमा पत्र लेख्न तयार रहेको पनि आयोगका पदाधिकारीहरूले बताए। आयोगले सम्बन्धित कानुन संशोधन गर्नका लागि १४ बुँदे सुझाव सरकारलाई पठाएको पनि उल्लेख गरिएको छ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी