गर्भनर नेपाल बिदामा नबस्ने
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर बिदामा बस्ने प्रचलन छ ।
बिदा बस्नै पर्ने बाध्यकारी नियम नभए पनि दीर्घकालीन निर्णय गर्न उपयुक्त नहुने भएकाले बिदा बस्ने गरेको पाइन्छ । कतिपय गभर्नरहरु बिदा बसेका र कतिपय नबसकेका उदाहरण छन् ।
गभर्नर कार्यालयका अधिकारीका अनुसार डा. नेपालले बिदा नबस्ने सोच बनाएका छन् । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा पनि राष्ट्र बैङ्कको गभर्नर हुँदा कार्याकाल सकिनुअगाडि बिदामा बसेका थिएनन् । गर्भनर डा. नेपालले केही दिनमै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि गर्ने भएका छन् ।
डा. नेपालको पाँच वर्षे कार्याकाल सकिन अब १ महिना मात्र बाँकी छ । उनी वि.सं. २०७१ चैत ८ गते गभर्नर बनेका थिए ।
सामान्यतया गभर्नरको कार्यकाल सकिन १ महिनाअगावै अगामी गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने चलन छ । तर, यसपटक भने सरकारले तयारीसमेत थालेको छैन ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’