नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँः उपप्रधानमन्त्री पोख्रेल
– अर्जुन भुसाल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् ।
युद्धप्रसाद मिश्रको ३० औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए । ‘राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन’, उनले भने, ‘वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।’
उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए । ‘देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ’, उनले भने, ‘नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ ।’
उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए । उनले सो क्षेत्रमा ३०÷४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए । उनले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताए । उनले युद्धप्रसादलाई नेपालको प्रथम गणतन्त्रवादी कवि घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया पु¥याई विधिसंवत् ढङ्गले सरकारसमक्ष आउन प्रतिष्ठानलाई आग्रह गरे ।
पोखरेलले युद्धप्रसादका नाममा रहेको अक्षयकोषमा रकम वृद्धि गर्नमा र उनको नाममा कुनै आयोजना निर्माण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसाललाई रु २० हजारसहित ‘युद्धप्रसाद स्मृति पुरस्कार’बाट पुरस्कृत गरियो । रिसालले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने विषयमा वर्तमान सरकार गम्भीर देखिएको छ भन्दै यस विषयलाई टुङ्गोमा पु¥याउनुपर्ने धारणा राखे । उनले युद्धप्रसाद जस्तो निष्ठावान् व्यक्तिका नाममा रहेको सम्मान थाप्न पाउँदा हर्षले गद्गद् भए पनि उनीजस्तो व्यक्ति बन्न नसकिएको बताए । प्रा डा पशुपतिनाथ तिमल्सेनाले युद्धप्रसादका बारेमा नेपाली समाजले जान्नुपर्ने धेरै विषय रहेको औंल्याउँदै निरङ्कुश राजतन्त्रका विरुद्ध निरन्तर कलम चलाउने उहाँ एक मात्र कवि रहेको जिकिर गरे ।
‘उहाँका कविता उत्पीडन र दमनका विरुद्ध हुने गर्थे’, उनले भने, ‘कविताको केन्द्रीय चुरो अधिनायकवादी राजतन्त्रमाथि हुन्थ्यो ।’ उनले युद्धप्रसाद स्वच्छनदतावादी कवि रहेको टिप्पणी गर्दै उनीबाट अहिलेका पुस्ताले धेरै सिक्नुपर्ने आवश्यकता रहेको बताए ।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले विज्ञान दर्शनमा कविता लेख्ने युद्धप्रसाद प्रगतिवादी साहित्यको शिखर पुरुष रहेको बताए । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख हेमनाथ पौडेल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, पूर्वअध्यक्ष त्रिरत्न शाक्यलगायतले मिश्रले बोकेको विचारलाई सबैले अवलम्बन गरी नेपाली समाजलाई सभ्यतायुक्त बनाउनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी