बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

मङ्गलबार, ०६ फागुन २०७६, २३ : २७
मङ्गलबार, ०६ फागुन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको बजेट हिनामिना गरेको आरोपमा गोरखाको तत्कालीन सिरानचोक गाविस–१ मा रहेको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पुस्तकालय व्यवस्थापनका लागि ‘फिक्सिङ’ र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आयोगले आरोप लगाएको छ । निजले झुठा बिल भर्पाइ तथा कागजात बनाई अनुदान शीर्षकको रुकम रु छ लाख ५० हजार हिनामिना गरेको सप्रमाण पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालालले जानकारी दिनुभयो ।  निज प्रअ साहविरुद्ध सोही रकम बराबर बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप