शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाले भेट्याएको रकम प्रहरीलाई जिम्मा

मङ्गलबार, ०६ फागुन २०७६, २२ : ३७
मङ्गलबार, ०६ फागुन २०७६

झापा । नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेट्याएको रु एक लाख प्रहरीलाई बुझाएको छ । पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो । 

नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाइ छ । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, ‘आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ ।’ उनले रकम दाबी गर्न कोही नआएमा कानूनबमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप