बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

मङ्गलबार, ०६ फागुन २०७६, २२ : ३१
मङ्गलबार, ०६ फागुन २०७६

ठमाडौं । प्याराग्लाइडिङ खेलाडी विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत बर्ष २०७५ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले मंगलबार बसन्तपुर डबलीमा आयोजित कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्ड सहित दुवैले जनही एक लाख रुपैयाँ पुरस्कार पाए । संघले १८औं एसियाली खेलकुद (एसियाड) मा खेलाडीले गरेको प्रदर्शनलाई आधार मानेर २८ खेलका खेलाडीलाई सम्मान गरेको हो । एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान खेलाडी घोषित भए । अजित र सरस्वतीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपिएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरियो । उनले ३५ हजार रुपैयाँ पाए । पत्रकार प्रज्वल ओलीलाई विशेष सम्मान र फोटो पत्रकार राजेन्द्र चित्रकारलाई २५ हजार रुपैयाँबाट सम्मान गरियो । 

यसैगरी पारा एथलिटमा बोसिया खेलकी महिमा कोइराला, फुटबलका भरत खवास, भलिबलकी सरस्वती चौधरी, सुटिङकी सुष्मिता नेपाल, भारोत्तलोनकी सञ्जु चौधरी, प्याराग्लाइडिङका विमल अधिकारी, पौडीका सुभम श्रेष्ठ, टेवुल टेनिसकी नविता श्रेष्ठ, फेन्सिङका ओमकार सिंह, लन टेनिसकी प्रेरणा कोइराला, कबड्डीकी रेणुका कुमारी राजवंशी, सेपाकताक्रोका रोशन तामाङ, स्पोर्टस क्लाम्बिङका पेम्बा शेर्पा, बक्सिङका मिलन शाह ठकुरी, रोलरका भूपेन्द्र थापा, ब्याडमिन्टनका दीपेश धामी, कुराँशका उपेन्द्र थापा, पेनकेक सिलातका गोविन्द चौधरी, ट्रायथोलनका बसन्त थारु, एथलेटिक्स, अजित कुमार यादव, बास्केटबल, मनिषराज उपाध्याय, जुडोका इन्द्र श्रेष्ठ, करातेका विजय श्रेष्ठ, कुस्तीका रेशम गौतम, उसुकी जुनी राई आर्चरीका तिलक पुनमगर, तेक्वान्दोकी निमा गुरुङ र गल्फका टंकबहादुर कार्की उत्कृष्ट खेलाडी भए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । 

खेलाडी संघले सम्बिन्धित खेल संघको सिफारिसमा खेलाडीलाई अवार्ड प्रदान गरेको हो । विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, कामनपाका मेयर विद्यासुन्दर शाक्य लगायतले पुरस्कार प्रदान गरेका थिए । संघको यो १४औं अवार्ड कार्यक्रम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप