दुबईको अस्पतालमा उपचाररत महिलाको परिवार भेटिए
युएई । युएईको दुबईस्थित एक अस्पतालमा उपचाररत यम कुमारी थापाको स्थायी घर गोरखा नगरपालिका ४ ढुङ्गाडे भएको खुल्न आएको छ।
मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र भन्ने समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएका हुन्।
उनको श्रीमान लालबहादुर थापा र छोरी सिर्जना थापा मगर सम्पर्कमा आएका छन् । आमा ४ वर्षअघि घरेलु काममा दुबई हिँडेको र विगत१ महिनादेखि सम्पर्कमा नआएको छोरी सिर्जनाले रातोपाटीलाई बताइन् ।
१ महिना पहिला टेलिफोनमा कुरा गर्दा आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी थिइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।
उनले आमा यम कुमारी थापाको गोरखाबाट नागरिकता र राहदानी समेत जारी भएको बताएकी छिन् ।
यता श्रीमान लाल बहादुरले भने श्रीमती गएको कात्तिकदेखि आफ्नो सम्पर्कमा नरहेको बताए। उनले भने, ‘बिरामी भएको छ, भनेर एकपटक कसले हो फोन गरेको थियो। यताबाट फोन लगाउँदा पनि लागेन।’
उनले श्रीमतीको अवस्थाबारे थाहा पाएपछि मंगलबार गोरखाबाट काठमाडौं आएर आफूले उद्धारका लागि परराष्ट्र मन्त्रलायको कन्सुलर विभागमा निवदेन दिएको बताए ।
उनले श्रीमतीको उद्धारका लागि युएईमा रहेका नेपाली समुदायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई