बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुबईको अस्पतालमा उपचाररत महिलाको परिवार भेटिए

मङ्गलबार, ०६ फागुन २०७६, २२ : १६
मङ्गलबार, ०६ फागुन २०७६

युएई । युएईको दुबईस्थित एक अस्पतालमा उपचाररत यम कुमारी थापाको स्थायी घर गोरखा नगरपालिका ४ ढुङ्गाडे भएको खुल्न आएको छ।

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र भन्ने समाचार प्रकाशित भएपछि उनको परिवार सम्पर्कमा आएका हुन्।

उनको श्रीमान लालबहादुर थापा र छोरी सिर्जना थापा मगर सम्पर्कमा आएका छन् । आमा ४ वर्षअघि घरेलु काममा दुबई हिँडेको र विगत१ महिनादेखि सम्पर्कमा नआएको छोरी सिर्जनाले रातोपाटीलाई बताइन् । 

१ महिना पहिला टेलिफोनमा कुरा गर्दा  आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी थिइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।  

उनले आमा यम कुमारी थापाको गोरखाबाट नागरिकता  र राहदानी समेत जारी  भएको बताएकी छिन् । 

यता श्रीमान लाल बहादुरले भने श्रीमती गएको कात्तिकदेखि आफ्नो सम्पर्कमा नरहेको बताए। उनले भने, ‘बिरामी भएको छ, भनेर एकपटक कसले हो फोन गरेको थियो। यताबाट फोन लगाउँदा पनि लागेन।’ 

उनले श्रीमतीको अवस्थाबारे थाहा पाएपछि  मंगलबार गोरखाबाट काठमाडौं आएर आफूले उद्धारका लागि परराष्ट्र मन्त्रलायको कन्सुलर विभागमा निवदेन दिएको बताए । 

उनले श्रीमतीको उद्धारका लागि युएईमा रहेका नेपाली समुदायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप