शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राससका १० जना उत्कृष्ट समाचारदाता घोषित

मङ्गलबार, ०६ फागुन २०७६, २२ : ०४
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले सातै प्रदेशका आफ्ना स्थानीय समाचारदाताहरुलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । सोअनुसार प्रदेश नं १ का भोजपुर समाचारदाता युवराज विष्ट, २ नं महोत्तरीका सञ्जीतकुमार मण्डल, वाग्मती प्रदेशका रिपेश दाहाल, गण्डकी प्रदेशकी जमुनावर्षा शर्मा, ५ नं परासीका मोहन पौडेल, कर्णाली प्रदेश जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिम डोटीका विमलबहादुर विष्ट पुरस्कृत भएका छन् ।

उनीहरुलाई राससको ५९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा बुधबार आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने छ । उनीहरुले जनही रु १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुहुने छ । त्यस्तै देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा (सारङ्गीको धूनमा विकास र चेतना), तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटा र श्रव्य सामग्रीमा केन्द्रीय कार्यालयकै उपसमाचारदाता नारायण ढुङ्गाना चयन भएका छन् । उनीहरुलाई पनि जनही रु १५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । यसअघि उत्कृष्ट समाचारदाता, आलेख समाचारदाता, फोटोग्राफर र श्रव्यसामग्री सङ्कलकलाई  जनही रु पाँच हजार दिने गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप