शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नालायकको पार्टी भयो, अब नेकपासँग मात्रै आशा छः नेता नेपाल

मङ्गलबार, ०६ फागुन २०७६, २१ : ५७
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमाथि खनिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल काँग्रेससमेत सबैरुपमा नालायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दावी गरे । 
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले  अब नेकपाबाट मात्रै विकास र समृद्धि सम्भव रहेकाे दावी गरे  । 

प्रशिक्षणमा सहभागी प्रदेशका एक नेताका अनुसार नेता नेपालले भनेका थिए, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा नालायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’

उनले कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्याग, तपस्या र बलिदान कम्युनिष्ट पार्टीले बिर्सन नहुने बताए ।

 कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने पनि नेता नेपालले धारणा राखेका थिए ।

 कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने चरित्र देखिएको भन्दै उनले त्यसले पार्टीको हित हुन नसक्ने धारणा समेत राखे । पार्टी र सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने समेत बताए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप