प्रजातन्त्र दिवसमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने–नेपालको प्रजातन्त्र सार्थक हुन सकिरहेको छैन
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ५३

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देशदर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् ।
प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् ।
शाहले प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण समेत गरेका छन् । पूर्वराजा शाह हाल भ्रमणको सिलसिलामा भारतमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही