‘महाशिवरात्रिमा सानिमा बैंकको डिजिटल प्रसाद’
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ४२
काठमाडौं– सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।
बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ्ग आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा निःशुल्क पाउन सकिने छ ।
साथै, यो योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यो योजना फाल्गुन ०७ देखि ११ सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने