शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६, १६ : २२
मङ्गलबार, ०६ फागुन २०७६

बुटवल  । टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।

लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा  मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले सोही दिशातर्फ  जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइललाई  ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर २ भिलरहवा बस्ने ६० वर्षीय रमेश लोभ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएपनि चालक भने फरार छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप