युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सम्पन्न

युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा भएको रक्तदानमा १ सय ३३ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा नेपालीका अलावा स्थानीय युगान्डीयन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । स्थानीय ब्लड बैंकलाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष विनोद थापाले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट अरगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ ।
रगतको अभावले धेरै युगान्डायालीहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि गैरआवासीय नेपाली संघले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
गैर आवासीय नेपाली संघका महासचिव कमल दत्त भट्टका अनुसार रक्तदानमा युगान्डायालीहरुको चासो हुने गरेको र नेपालीहरुलाई धन्यवाद दिने गरेका छन् ।
रक्तदान कार्यक्रमका महिला उपाध्यक्ष तारा गिरी, सचिव धनराज गिरी, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष कल्पना अर्याल गैरे, महिला संयोजक वर्षा क्षेत्री, कार्यकारी सदस्य श्रवण, रमा अर्याल, निक्कु केसीलगायतले सक्रिय भूमिका निभाएका थिए ।
रक्तदान कार्यक्रम आयोजना गरेर युगान्डाली जनताको ज्यान जोगाउन गैरआवासीय नेपालीले गरेको कार्यको स्थानीय चिकित्सक डा.डोरोथ्री चेयुले धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट
-
उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो