शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६, १४ : २५
मङ्गलबार, ०६ फागुन २०७६

सप्तरी । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित  गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र  ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ ।

सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप