बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चोरी गरिरहेको अवस्थामा २ जना पक्राउ

मङ्गलबार, ०६ फागुन २०७६, १३ : ०८
मङ्गलबार, ०६ फागुन २०७६

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने अनिल तामाङ रहेका छन् । 

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  साथै लिम्बुको साथबाट छिनो १ थान र नगद ५ हजार ३ सय १५ रुपैयाँ तथा तामाङको साथबाट खुकुरी १ थान र नगद १५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप