शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले प्रहरी जवानलाई कुटे (भिडियोसहित)

मङ्गलबार, ०६ फागुन २०७६, १२ : ४८
मङ्गलबार, ०६ फागुन २०७६

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको छ । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । 

सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेको बताइएको छ । 

भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् । 

यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घटनाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घटना भएको जस्तो लाग्दैन ।

यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हातपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप