शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको निर्माणाधीन विमानस्थलमा कार दुर्घटना, एक कामदारको मृत्यु

मङ्गलबार, ०६ फागुन २०७६, ११ : ४६
मङ्गलबार, ०६ फागुन २०७६

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा सोमबार बेलुकी कार दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ ।

सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो ।

दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथेमा बस्दै आएका २७ वर्षीय यामबहादुर मगर छन् । मगरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप