बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ऊहान अस्पतालका निर्देशकको कोरोना भाइरसले लियो ज्यान

मङ्गलबार, ०६ फागुन २०७६, ११ : २९
मङ्गलबार, ०६ फागुन २०७६

कोरोना भाइरस जन्मिएको शहर ऊहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहानै निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ ।

कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको बताइएको छ ।

करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो ।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप