बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक सन्तुलन गुमाएकी नेपाली महिला दुबईको अस्पतालमा अलपत्र

सृजना थापाले भनिन्, ‘यम कुमारी मेरी आमा हुन्’
मङ्गलबार, ०६ फागुन २०७६, १० : २२
मङ्गलबार, ०६ फागुन २०७६

 युएई।  मानसिक सन्तुलन गुमाएकी एक नेपाली महिला युएईमा भेटिएकी छिन्।

करिब ४ महिना देखि दुवईको अस्पतालमा उपचारार्थ रहेकी अन्दाजी ४०/४५ वर्षकी यम कुमारी थापा दुबईको रसिद अस्पतालमा उपचारको क्रममा भेटिएकी हुन्।

स्थायी ठेगानाको बारेमा सोधपुछ गर्दा कहिले गोरखाको  सतिपिपल त कहिले हरमटारी बताउने थापालाई गत अक्टोबरमा अचेत अवस्थामा एम्बुलेन्समार्फत अस्पताल ल्याइएको गल्फ न्यूजमा उल्लेख गरिएको छ ।

गल्फ न्युजलाई उद्धृत  गर्दै सामाजिक अभियन्ता अबु बकर भन्छ्न्, ‘थापाको मस्तिष्कको अप्रेशन भइसकेको छ। तर उनले पुराना कुराहरु सम्झिन सकिरहेकी छैनन्। उथापासग कुनै आफन्त वा साथी पनि छैनन्।उनको रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन सकिएको छैन।बिगत ४ महिनादेखि हामी थापाका आफन्त ,रोजगारदाता वा साथीहरु भेट्टाउने प्रयासमा छौं ।’

गल्फ न्युज लगाएत अन्य सोसल मिडियाहरुले उक्त समाचार प्रकाशित भएपछि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल र गोरखा समाज युएईका सम्रक्षक उत्तम अधिकारी रसिद अस्पताल पुगेर थापालाई भेटेका छन्।

हेर्दा सामान्य जस्तै देखिने तर उनले पुराना कुराहरु सबै बिर्सिएकोले निकै समस्या भएको गोरखा समाज युएईका सम्रक्षक उत्तम अधिकारीले रातोपाटीलाई बताए। उनी निकै त्रसित अबस्थामा छिन्।कहिले गोरखा त कहिले पोखरा घर बताउने थापा आफूले के बोलेको छिनमै बिर्सिन्छिन्।

३ छोरा १ छोरी भएको, कहिलेकाहीँ श्रीमानको घर पोखरा बताउने उनी वैदेशिक रोजगारीको लागि युएई आएको र कुन कम्पनीमा काम गरेको समेत पत्तो छैन।अधिकारीका अनुसार हिजो सोमबार नै अस्पतालले डिस्चार्ज गरेको भएपनि आफन्त र सम्बन्धित निकाय नभएकोले उनलाई अस्पतालमै राखिएको छ ।  

उनीसँग पहिचान खुलाउने कुनै पनि कागजपत्र र राहदानी नभएकोले नेपालको ठेगाना पत्ता लगाउन नसकिएको अधिकारी बताउँछन्। उनले नेपाली दुतावससँग आबुधावीमा सम्पर्क गरिसकेको र दुताबासले अस्पतालसँग समन्वय गरि बिरामीको पहिचान गरेर नेपाल पठाउने बताएको अधिकारीले रातोपाटीलाई बताए।

शृजना थापाले भनिन्, ‘यम कुमारी मेरी आमा हुन्’ 

मानसिक सन्तुलन गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराईरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको शृजना थापाले बताएकी छिन् । उनले उनकी आमा यम कुमारी थापाको गोरखाबाट जारी भएको नागरिकता नम्बर ५२६९९ र राहदानी नम्बर ४८६५२७७ भएको दाबी गरेकी छिन् । 

गोरखा जिल्ला गोरखा नगरपालिका फिनाम–८ ढुङ्गाडे घर भएकी यम कुमारी रोजगारीको लागि ४ बर्ष पहिले युएई गएको छोरी शृजना बताउँछिन्। बुबा लाल बहादुर थापासहित ३ दाजु र १ बहिनी र उनी गोरखा बस्दै आएका छन् । 

१ महिना अघिसम्म सम्पर्क रहेकी आमा यमकुमारी एक्कासी सम्पर्कविहिन भएपछि उनी युएई गएको म्यानपावरमा सम्पर्क गरेको शृजना बताउँछिन्। तर म्यानपावरले यमकुमारीको कुनै डाटा नभएकोले सम्पर्क गर्न नसकिने बताएको थियो।

 युएई रहेकी आमा यमकुमारीसँग १ महिना पहिला टेलिफोनमा कुरा गर्दा  आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी थिइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।   
 
शहिद लखनथापा गाउँपालिका -७ बुङकोटका वडाअध्यक्ष सरण श्रेष्ठले यम कुमारी थापालाई नेपाल ल्याउँन गाउँपालिकाबाट सम्पुर्ण सहयोग गर्ने बताएका छन्। उनको घर गोरखा नपा ढुङ्गागाडे र माइतीघर साबिक बुङ्कोट–४ वयाक भएको थापालाई नेपाल ल्याउन पहल गर्ने बताएका छन् । 

उनको श्रीमान् लालबहादुर थापा मानसिक सन्तुलन गुमाएकी यम कुमारी आफ्नो श्रीमती हुन् भन्दै परराष्ट्रमा निबेदन दिन काठमाडौं आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप