शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आखिर किन फ्लप भयो सारा अली खान–कार्तिक आर्यनको फिल्म ‘लभ आज कल’ ? यस्तो छ कारण

मङ्गलबार, ०६ फागुन २०७६, ०९ : २३
मङ्गलबार, ०६ फागुन २०७६

कार्तिन आर्यन र सारा अली खान स्टारर फिल्म इम्तियाज अलीको करियरको महत्वपूर्ण फिल्म मानिएको थियो । वास्तवमा यस अघि उनको शाहरुख खान र अनुष्का शर्माको फिल्म जब ह्यारी मेट सेजल फ्लप भएको थियो । यस्तै केही वर्ष अघि रिलिज भएको फिल्म तमाशालाई क्रिटिक्सले प्रशंसा गरेका थियो तर रणबीर र दीपिका पादुकोण स्टारर यो फिल्म बक्स अफिसमा नराम्रोसँग खस्किएको थियो । यस्तोमा इम्तियाजका प्रशंसक र इम्तियाज आफैं पनि लभ आजकलको राम्रो प्रदर्शन हुने आशा गरिरहेका थिए । यद्यपि, उनीहरुको यो आशा पूरा हुन सकेन । लभ आजकल किन फ्लप भयो, यसबारे भारतीय मिडियाले केही समीक्षा लेखेको छ । यसबारे जानकारी लिऔं ।

दर्शकलाई मन परेन सारा कर्तिकको केमेस्ट्रिः

इम्तियाज अली हुन त सफल निर्देशकको रुपमा चिनिन्छन् र उनी आफ्ना कलाकारको पूर्ण क्षमता पर्दामा उतार्न सफल मानिन्छन् तर यो फिल्ममा मुख्य कालाकारसँग उनले यस्तो गर्न सकेनन् । कार्तिक र साराले कोसिस नगरेको भन्न खोजिएको होइन तर उनीहरुबीचको केमेस्ट्रिमा त्यो एक्स फ्याक्टर देखिँदैन । विशेषगरी भावुक दृश्यमा साराको अभिनयले खासै कमाल गर्न सकेन ।

फिल्ममा कुनै पनि पल कार्तिक साराबीच फिल्म तामाशामा रणबीर–दीपिकाको आइकोनिक इमोशनल पलजस्तो सृजना हुन सकेन । यद्यपि, रणदीप हुड्डाले आफ्नो प्रस्तुतीले कतै न कतै फिल्मलाई बचाएका छन् ।  इम्तियाज आफ्नो कम्फर्ट जोनयुक्त कलाकारसँग धेरै सहज महसुस गर्छन् ।

यसबाहेक फिल्मको स्क्रिनप्लेलाई ध्यान दिएर हेर्ने हो भने कुनै पनि पात्रलाई राम्रोसँग उतारिएको छैन । यो फिल्मको संगीत प्रितमले दिएका छन् र गीत इरशाद कामिलले लेखेका छन् । अरिजीत सिंहको आवाजमा ‘शायद’ र ‘हाँ मे गलत’ चर्चित रह्यो तर फिल्मको कहानीलाई पनि चित्रित गर्न सकेन । भन्ने हो भने फिल्म हेरेपछि कुनै पनि गीत तपाईंको मन मुटुमा बस्दैन ।

इम्तियाज अलीको फिल्म हेर्ने एउटा वर्ग यस्तो पनि छ जो उनको चिर–परिचित रोमान्टिक फिल्मको साटो भिन्न जनरको फिल्मको आशा राख्छन् । यस्तोमा पछिल्लो केही समयदेखि असफलता झेलिरहेका इम्तियाजले आफ्नो अर्को फिल्ममा प्रशंसकलाई केही भिन्न पस्केलान् त भनेर हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप