शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको बैङ्किङ सामर्थ्य

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : ३९
मङ्गलबार, ०६ फागुन २०७६

ब्रेक्जिटको अनिश्चताले गर्दा बेलायतको वित्तीय क्षेत्रबाट करिब ८ सय अर्ब पाउन्ड (१ ट्रिलियन डलर) बराबरको सम्पत्ति युरोपियन युनियनमा सारिएको बेलायतस्थित कन्सल्टेन्सी फर्म वाईले केही महिनाअगाडि नै जनाएको थियो । सन् २००८ को विश्व मन्दीको प्रमुख दोष पनि वित्तीय क्षेत्रलाई नै दिइएको थियो । तर पनि बेलायतको वित्तीय क्षेत्र निकै शक्तिशाली रहँदै आएको छ । विगत ४०–६० वर्षको बेलायतको वित्तीय अनुभवले नेपाल लगायत विकासशील देशहरुले धेरै कुरा सिक्न सक्छन् ।

वर्तमान बेलायत संसारकै प्रभावशाली बैङ्किङ क्षेत्रमा अगाडि हुनाको कारण उच्च प्रविधिको विकास, सन् १९७० र ८० को दशकमा परिमार्जित गरिएको नियम कानुनले (deregulation) गर्दा बैङ्कहरूले ग्लोबलाइजेसन र फाइनान्सियल अन्वेषणका नयाँ अवसरलाई आत्मसात् गर्न सक्नुलाई मानिन्छ । यस कारणले बैङ्किङ एवं कार्य विविधताका ठूला तथा धेरै समूहको विकास हुनपुग्यो ।  सन् १९५० को अन्तिमतिर करिब सयवटा समाशोधन बैङ्क (clearing bank) ले बेलायतको मौद्रिक नीति पुनरावलोकन गर्ने रयाडक्लिफ कमिटीलाई आफ्नो जानकारी दिएका थिए । यसमा १६ वटा लन्डन तथा स्कटल्यान्डका क्लियरिङ बैङ्कहरूको जम्मा सम्पत्ति करिब ८ अर्ब ३० करोड पाउन्डको थियो । जुन जम्मा बेलायतको कुल बैङ्किङ सम्पत्तिको ८३ प्रतिशत तथा बेलायतको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशतभन्दा बढी थियो । यस्ता बैङ्कहरूले भुक्तानी दिने, निक्षेप लिने क्रियाकलाप र छोटो समयको कर्पाेरेट ऋण दिने कार्य गर्दथे । यी सबै बैङ्कहरू प्रायः ग्राहकको निक्षेपबाट खर्च उठाउने गर्थे । ग्राहकहरूको निक्षेप रकम कम जोखिम र तरल सम्पत्तिको रूपमा रहन्थ्यो । सन् १९६० मा ३५ प्रतिशत यस्ता बैङ्कहरूको सम्पत्ति नगद, सरकारी बिलहरूमा, २८ प्रतिशत सम्पत्ति गिल्ट (सुन) मा हुने गर्दथ्यो । ग्राहकको ऋण जम्मा ३० प्रतिशत मात्र लन्डनका क्लियरिङ बैङ्कहरूको हुन्थ्यो । अरू वित्तीय संस्थाहरूले पनि ऋण दिन महत्त्वपूर्ण कार्य गरेका थिए । सन् १९६० मा मुख्यतः मोर्गेज सम्पत्ति रहेको बिल्डिङ सोसाइटीको दुई अर्ब ६० करोडको सम्पत्ति थियो । आउँदो दुई दशकमा बैङ्क तथा बिल्डिङ सोसाइटीको पाउन्ड स्टर्लिङ सम्पत्ति बढ्ने क्रम जारी रह्यो । सन् १९६० तथा ७० को दशकमा विदेशी बैङ्कहरूले आफ्नो व्यवसाय बेलायतमा फैल्याउने काम सुरु गरे । सन् १९७९ मा बेलायती मौद्रिक तथा वित्तीय संस्थाहरूले १७२ अर्ब पाउन्ड मूल्यको विदेशी मुद्रा सम्पत्ति राखे, जुन जम्मा सम्पत्तिको आधाभन्दा बढी थियो । विदेशी स्वामित्व भएका बैङ्कहरू थोक व्यवसायतिर लागे जसले गर्दा युरोपको मुद्रा बजार बढ्न थाल्यो ।


बैङ्कहरूको वृद्धिले गर्दा धितोपत्र बजार र विदेशी विनिमय तथा डेरिभिटिब्स उल्लेख्य रूपमा बढेको छ । बेलायतका बैङ्कहरूले विश्व बजारमा मुख्य भूमिका स्थापित गर्न सफल भएका छन् । हालैको बजार सर्वेक्षणमा विश्वको विविध वित्तीय बजारहरूमा बेलायतका मुख्य बैङ्कहरू संसारका ठूला समूहभित्र परेका छन् ।


बेलायतको वित्तीय अवस्था

बैङ्क अफ इङ्ल्यान्डको तथ्याङ्क अनुसार बेलायतमा हाल ३०० भन्दा बढी बैङ्क तथा बिल्डिङ सोसाइटीलाई निक्षेप  (deposit)  लिन लाइसेन्स दिइएको छ । सन् १९६० मा भएका १६ वटा क्लियरिङ बैङ्कहरू मध्ये १५ वटा ठूला बेलायतका बैङ्कका चार समूहहरू रोयल बैङ्क अफ स्कटल्यान्ड, बार्कलेज, एचएसबीसी र लोयड्स बैङ्क समूहको स्वामित्वमा छन् । हालमा अरू दुई बैङ्कहरू नेसनवाइड, सान्टन्डेयर र यी चार समूहको बैङ्कहरूले बेलायतको करिब ८० प्रतिशत ऋण दिने तथा निक्षेप लिने कार्य गर्छन् । सन् १९८० मा बढिरहेको बिल्डिङ सोसाइटी क्षेत्र सन् १९९० दशकको बीचबाट निकै कम हुनथाले । धेरै बिल्डिङ सोसाइटीहरू बैङ्कमा परिणत भए । सन् १९६० मा ७०० वटा भन्दा बढी रहेको बिल्डिङ सोसाइटी हालमा ५२ वटामा मात्र सीमित छ ।  बितेका दशकहरूमा क्लियरिङ बैङ्कहरू धेरै ठूला बनेका छन् । यिनीहरूले वित्तीय क्षेत्रमा आफ्नो क्षितिज फैलाएका छन् । सबैभन्दा ठूला बैङ्कहरू ‘सर्वव्यापी’ बनेका छन् । जसले धितोपत्र, व्यापार र जोखिम, पुँजी आदिको व्यवस्थापन तथा बिमाको कार्य गर्ने गर्छन् । बैङ्कहरूको वृद्धिले गर्दा धितोपत्र बजार र विदेशी विनिमय तथा डेरिभिटिब्स उल्लेख्य रूपमा बढेको छ । बेलायतका बैङ्कहरूले विश्व बजारमा मुख्य भूमिका स्थापित गर्न सफल भएका छन् । हालैको बजार सर्वेक्षणमा विश्वको विविध वित्तीय बजारहरूमा बेलायतका मुख्य बैङ्कहरू संसारका ठूला समूहभित्र परेका छन् । सर्वव्यापी बैङ्किङको विकासले गर्दा बैङ्कहरूको ब्याज बाहेकको आम्दानी बढाउन भूमिका खेलेको छ । केही दशक पहिला नगण्य रहेको ब्याज बाहेकको आम्दानी हालमा आएर ६० प्रतिशतभन्दा बढी भएको छ । ठूला चारवटा बैङ्कमध्ये तीनवटाको बैङ्कको आआफ्नो सम्पत्तिको मूल्य बेलायतको वार्षिक कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा बढी छ । देशको अर्थतन्त्रको आकारको तुलनामा बेलायतको बैङ्किङ प्रणाली स्विजरल्यान्ड पछि संसारका ठूला अर्थतन्त्र रहेको मुलुकहरू जी २० को भन्दा अगाडि छ । 


वित्तीय प्रणालीले मुख्यतः तीनवटा प्रमुख सेवा कार्य भुक्तानी सेवा, बचतकर्ता तथा ऋणी बीच मध्यस्थता र जोखिमको विरुद्ध बीमाको कार्य गर्छ । यी सेवाले पुँजीको बाँडफाट, सामान र सेवाको उत्पादन र विनिमयको काममा सहयोग गर्छन्, जुन सबल अर्थतन्त्रका लागि अत्यावश्यक हुन्छ । सार्वजनिक नीतिगत तहमा धेरै ध्यानकेन्द्रित रहेको बैङ्किङ क्षेत्र ठूलो र जटिल संस्थाका रूपमा देखिएको छ, जुन विफल हुँदा बृहत् क्षति पुग्ने छ ।


बेलायतका बैङ्कहरूको कार्यक्षेत्र बढ्नुको कारणमा कर्पाेरेट क्षेत्रको मागको परिवर्तनलाई मान्न सकिन्छ । बेलायतले प्रविधिको विकासमा गरेको उल्लेखित भूमिका, आर्थिक स्केल र सम्भाव्यता तथा सरकारले गरेको सुधारको कदमलाई मुख्य मानिन्छ ।  वित्तीय केन्द्रको उदय हुनका लागि त्यस देशको आर्थिक शक्तिसँग प्राय नजिकको सम्बन्ध रहेको हुन्छ । यो कुरा लन्डनलाई पनि लागू हुन्छ । उन्नाइसौँ शताब्दीको सुरुदेखि आम्स्टडामलाई उछिनेर लन्डन विश्वको फाइनान्सियल केन्द्रको रूपमा स्थापित हुनपुग्यो । अठारौँ शताब्दीदेखि औद्योगिक क्रान्ति सँगसँगै बेलायतले संसारको अर्थतन्त्रमा प्रभावकारी भूमिका खेलेको थियो । व्यापारले वित्तीय विकासमा योगदान गर्‍यो । सन् १७५० मा ३० वटा भन्दा कम निजी बैङ्क भएको बेलायतमा सन् १८०० मा नै ७० पुग्यो । ठूला कम्पनीहरू जस्तै इस्ट इन्डिया कम्पनीले सेयर बजारको लागि केन्द्रीकृत विकासका लागि उत्प्रेरित गरे । बेलायतको आर्थिक तथा वित्तीय प्रभुत्व ग्लोबलाइजेसन, औद्योगीकरण र युद्धले गर्दा उन्नाइसौँ शताब्दीमा चालू रह्यो । संयुक्त अधिराज्यले सन् १८५० मा विश्व व्यापारको करिब २० प्रतिशत तथा सन् १८६० मा २५ प्रतिशत क्षेत्र ओगटेको थियो । यो व्यापार र संसारको सबैभन्दा ठूलो बन्दरगाह हुनु नै लन्डन वित्तीय केन्द्र रहनुको मुख्य कारक तत्व मानिन्छ ।  ठूला व्यवसायहरूबाट पुँजीको माग स्वदेश तथा विदेशमा बढ्न थालेपछि अरू वित्तीय बजारको विकास हुन थाल्यो । रेल कम्पनीहरू यसको राम्रो उदारहण हो । सन् १८५३ मा लन्डन स्टक मार्केटमा रेलवेको स्टकको जम्मा नोमिनल पुँजी १९ करोड चालीस लाख पाउन्डको थियो, जुन त्यस समयको बेलायतको कुल ग्राहस्थ उत्पादन जीडीपीको तीस प्रतिशत थियो । सन् १८५३ देखि १८७३ को बीचमा रेलवेको स्टक मूल्य बढेर ३७ करोड ४० लाख पाउन्ड हुन पुग्यो । यसै समयमा ब्रिटिस साम्राज्य लगायत विदेशी रेलवेको धितोपत्रमा (securities) ३५ करोड ४० लाख पाउन्ड पुगेको थियो ।  उन्नाइसौँ शताब्दीको बीचसम्ममा लन्डन र पेरिसबीच विश्व फाइनान्सियल केन्द्रका लागि प्रतिस्पर्धा चलिरह्यो । सन् १८७१ मा पर्सियामा भएको फ्रान्सको सैन्य हारले लन्डनले उछिनेको थियो । 

बेलायत विश्वको बैङ्किङ पावरहाउस

वित्तीय प्रणालीले मुख्यतः तीनवटा प्रमुख सेवा कार्य भुक्तानी सेवा, बचतकर्ता तथा ऋणी बीच मध्यस्थता र जोखिमको विरुद्ध बीमाको कार्य गर्छ । यी सेवाले पुँजीको बाँडफाट, सामान र सेवाको उत्पादन र विनिमयको काममा सहयोग गर्छन्, जुन सबल अर्थतन्त्रका लागि अत्यावश्यक हुन्छ । सार्वजनिक नीतिगत तहमा धेरै ध्यानकेन्द्रित रहेको बैङ्किङ क्षेत्र ठूलो र जटिल संस्थाका रूपमा देखिएको छ, जुन विफल हुँदा बृहत् क्षति पुग्ने छ ।  गत ४० वर्षमा बेलायतको बैङ्किङ प्रणालीको आकार अभूतपूर्व किसिमले बढेको छ । बेलायतको बैङ्किङ प्रणाली लगातार बढ्ने क्रम जारी छ । बैङ्किङ प्रणाली कति ठूलो भनेर नाप्ने विभिन्न तरिका छन् । जुनसुकै तरिकाले पनि बेलायतको बैङ्किङ संसारका अरू मुख्य अर्थतन्त्र रहेको देशहरूको भन्दा ठूलो छ । अन्तर्राष्ट्रिय तवरले बेलायतका बैङ्कहरू बेलायत बाहिर पनि ठूलो रूपले सञ्चालित हुनुका साथै धेरै अन्तर्राष्ट्रिय बैङ्कहरूले बेलायतभित्र ठूलो हिस्सा ओगटेका छन् । कति ठूलो छ बेलायतको बैङ्किङ क्षेत्र र वित्तीय प्रणाली धेरै मानिसको जीवनसँग जोडिएको र अर्थतन्त्रको मेरुदण्ड हो । बेलायतको सन् २०१४ को तथ्याङ्कअनुसार सबै बासिन्दाको कुल तलबको कमाइ करिब १ ट्रिलियन (एक हजार अर्ब) पाउन्ड हुन्छ । सन् २०१३ को तथ्याङ्कमा बेलायतमा वर्षमा सामान तथा सेवामा कुल २ दशमलव ५ ट्रिलियन पाउन्ड खर्च हुने गरेको छ । बेलायतभित्रको वित्तीय संस्थाहरूले गरेको भुक्तानी र व्यवस्थापनको रकम २४५ ट्रिलियन पाउन्ड भएको देखिएको छ ।


विश्व आर्थिक समन्वय र वित्तीय सम्बन्ध प्रगाढ हुने विश्वासमा भविष्यको बेलायती बैङ्किङ प्रणालीको आकलन गर्नुपर्ने हुन्छ । यो तरिका अवलम्बन गर्नका लागि भविष्यमा अर्थतन्त्र कति वृद्धि हुन्छ र यसको कारणले वित्तीय सेवाको मागलाई कसरी परिवर्तन गर्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । यसका लागि साधारण तीन तरिका अवलम्बन गर्न सकिन्छ ।


बेलायतको बैङ्किङ क्षेत्रको कम्पनीहरूको जम्मा वासलात २० ट्रिलियन पाउन्ड भन्दा बढी छ । अमेरिका, जापान र अरू दसवटा युरोपियन देशहरूको तुलनामा बेलायतको जनसङख्याको आधारमा सबैभन्दा ठूलो बैङ्किङ क्षेत्र रहेको छ । यस क्षेत्रको सम्पत्ति बेलायतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को तुलनामा सन् २०१३ मा ४५० प्रतिशतभन्दा बढी भएको छ । सन् १९७५ मा जीडीपीको १०० प्रतिशत मात्र थियो ।  बेलायतको बैङ्किङ प्रणालीमा विदेशी बैङ्कहरूको भूमिका उल्लेखनीय छ । बेलायतभित्र १५० वटा विदेशी बैङ्कका र ९८ वटा विदेशी बैङ्कद्वारा नियन्त्रित शाखाहरूले निक्षेप लिने कार्य गर्छन् । बेलायतको आधा बैङ्किङ सम्पत्ति आवासीय विदेशी बैङ्कको रहेको छ । दुई ठूला विदेशी बैङ्क शाखाहरूको कुल सम्पत्ति करिब २ दशमलव ७५ ट्रिलियन पाउन्डको रहनुको साथै ३३ प्रतिशत बैङ्कभित्रको उधारो (interbank Lending) दिने गरेका छन् । विश्व बैङ्किङ गतिविधिको झण्डै २० प्रतिशत बेलायतभित्रबाट बुक हुने गर्छ । गैरऋण सम्पत्ति (non–loan Assets) को पनि बेलायतको बैङ्किङ सम्पत्तिमा भूमिका रहेको छ । बेलायती स्वामित्वमा रहेको आधा जति बैङ्कहरूको सम्पत्तिमध्ये करिब ५० प्रतिशत गैरबैङ्क ऋणीहरूलई दिएका छन् । विदेशी स्वामित्वका बैङ्कहरूको भने १० प्रतिशत भन्दा कम रहेको छ । 

भविष्यमा बेलायतको बैङ्किङ प्रणाली कत्रो होला ?

विश्व आर्थिक समन्वय र वित्तीय सम्बन्ध प्रगाढ हुने विश्वासमा भविष्यको बेलायती बैङ्किङ प्रणालीको आकलन गर्नुपर्ने हुन्छ । यो तरिका अवलम्बन गर्नका लागि भविष्यमा अर्थतन्त्र कति वृद्धि हुन्छ र यसको कारणले वित्तीय सेवाको मागलाई कसरी परिवर्तन गर्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । यसका लागि साधारण तीन तरिका अवलम्बन गर्न सकिन्छ । पहिलो प्रत्येक देशको प्रतिव्यक्ति आय भविष्यमा कति होला, दोस्रो प्रत्येक देशको प्रतिव्यक्ति आय वित्तीय प्रणालीको जम्मा सम्पत्ति र कुल ग्रहास्थ उत्पादन (जीडीपी) को अनुपात अनुरूप ऐतिहासिक सम्बन्धमा यी दुईबीच हुने भिन्नताको आधारमा हेरेर गर्न सकिन्छ । तेस्रो विश्वका ठूला अर्थतन्त्र भएका जी–२० देशहरूको प्रत्येक देशको बैङ्किङ प्रणाली जी–२० वटा देशहरूको बैङ्किङ सम्पत्ति बढ्ने आधारमा भविष्यवाणी गर्न सकिन्छ । 

यी कुरालाई आत्मसात् गरी बेलायतको बैङ्किङ प्रणाली सन् २०५० मा बेलायतको जीडीपीको ९५० प्रतिशतभन्दा बढी रहने अनुमान विश्लेषकहरूले गरेका छन् । पैसाको कुरा गर्दा बेलायतको बैङ्किङ प्रणालीको कुल सम्पत्ति ६० ट्रिलियन पाउन्डभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । बेलायतको बैङ्किङ प्रणाली यति धेरै ठूलो हुनुका प्रमुख कारणहरूमा औद्योगिक क्रान्ति र बेलायती साम्राज्यको ऐतिहासिक पृष्ठभूमि, प्रतिस्पर्धामा माथि रहन सक्नु, फाइनान्सियल हब बन्ने सामथ्र्य हुनु, धेरै ठूलो तथा शक्तिशाली भई असफल नहुने भन्ने मान्यताको आधार आदिलाई मान्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विकलचन्द्र आचार्य
विकलचन्द्र आचार्य
लेखकबाट थप