शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्मा विदेशी प्रभाव

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : २०
मङ्गलबार, ०६ फागुन २०७६

देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने हालेैकै सरकारको एक निर्णयबाट थाहा भएको छ । पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि उनीहरुले आफूहरुलको मन्त्रिपरिषदबाट निर्णय नै गराउन सफल भएका छन् । 

विभिन्न प्रोजेक्टहरुमा काम गर्न विदेशीलाई भिसा सहजीकरढा गर्ने भन्दै मन्त्रिपरिषद्बाट निःशुल्क भिसा दिने निर्णय गराउन उनीहरु सफल भएका हुन् ।

सरकारी आयोजना, अन्र्तराष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीहरुमा कार्यरत विदेशीहरुलाई गृहले कारवाही गरेको थियो । कारबाहीलाई तीव्रता दिएपछि उनीहरुले आफूहरु नेपाल सरकारलाई नै सहयोग गर्न आएको र भिसामा सहजीकरण हुनुपर्ने भन्दै लबिङ गरेर आफ्नो पक्षमा निर्णय गराएका हुन् ।

कारबाहीमा पर्नेहरुमा धेरै जसो अमेरिकाका नागरिक छन् । त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका पनि छन् । उनीहरुलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । जसमा युएसएडदेखि डिएफआइडीसम्मका संस्था छन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप