मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीमा ‘चार भाइ’ को एकता

मङ्गलबार, ०६ फागुन २०७६, ०८ : ०४
मङ्गलबार, ०६ फागुन २०७६

नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ । 

आफूहरुको ब्याज नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच एकता भएको हो । 

प्रहरीको ९१ औं टोलीका डिआइजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका छन् । अस्वस्थ चलखेल नभएमा ठाकुर ज्ञवालीपछि उनीहरु चारमध्येबाट एक आईजीपी हुनेछन् । 

तर, जुनियर ब्याचबाट अस्वभाविकरुपमा उदाएका विश्वराज पोखरेल अहिले नै एआईजी भएर असारपछि आईजीपी हुने खेलमा लागेपछि उनलाई रोक्न चार डीआईजीले एकता गरेका हुन् ।

आफ्नो जो भए पनि हुने तर जुनियर ब्याचबाट ओभरटेक गराएमा त्यो संगठनका लागि गलत हुने भन्दै उनीहरुले गठबन्धन बनाएका हुन्। हालै अनौपचारि बैठक बसेर उनीहरुले यस्तो रणनीति बताएका हुन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप