आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । मंगलबार महाशाखाले जारी जारी गरेको पूवानुमानका अनुसार पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक न्यून चापिय क्षेत्रको असर छ । साथै, देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ । भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत
-
गभर्नर नियुक्तिसम्बन्धी रिट र निवेदन आज पनि हेर्न नभ्याइनेमा
-
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे