बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं–तराई द्रुतमार्गको बजेट खर्च न्यून

मङ्गलबार, ०६ फागुन २०७६, ०६ : ३७
मङ्गलबार, ०६ फागुन २०७६

राष्ट्रिय गौरव तथा प्राथमिकताप्राप्त पूर्वाधारका आयोजनामा पूँजीगत खर्च कम हुने समस्या काठमाडौं–तराईलाई जोड्ने ‘काठमाडौं–तराई द्रुतमार्ग आयोजना’मा पनि देखिएको छ । 

वार्षिक रूपमा उक्त आयोजनाका लागि सरकारले बजेट वृद्धि गर्दै आएको भए पनि खर्च भने सोहीअनुसार हुन सकेको छैन । 

नेपाली सेनाको व्यवस्थापनमा शुरू भएको ७२ दशमलव ५ किलोमीटर (किमी) उक्त दु्रतमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा रू. १५ अर्ब बजेट सरकारले विनियोजन गरेको छ । 

तर, चालू आवको ५ महीना बितिसक्दा पनि आयोजनामा रू. ५३ करोड मात्रै खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप