नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने
काठमाडौं । नेपालमा पहिलोपटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको आयोजना खरेल अर्गनाइजेसनले गर्दै छ । प्रतियोगिता २०७७ असोज १० मा राष्ट्रियसभामा हुने आयोजित पत्रकार सम्मेनमा जानकारी दिइएको छ । सन् १९९१ मा मसल मेनियाको सुरु भएको हो । शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन र एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागेको खरेल अर्गानाइजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिएका छन् ।
प्रतियोगितामा ५ अन्तर्रास्ट्रिय जजबाट विजेता छानिने छन् । प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनसिप, फिगर नेपाल र यू–२२ को विधा गरी पाँचवटा इभेन्ट रहेको खरेले बताए । विजेताले १३ डिसेम्बरमा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा समेत प्रतिस्पर्धा गर्न पाउने छन् । पाँचै विधाका उत्कृष्ट विजेतालाई आयोजकले पूरै स्पोन्सरसिपमा सिगापुर लाने छ । प्रतियोगिता सञ्चालन गर्न फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ