सिरहामा ब्राउन सुगरसहित २ जना पक्राउ
सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले लागुपदार्थ ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका ७ चोहर्वाबाट प्रहरीले करिब ३० पोका ३ ग्राम ब्राउन सुगरसहित २५ वर्षीय कृष्ण यादवलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा पुगेका प्रहरी टोलीले यादव र सोही ठाउँका २० वर्षीय प्रवेश महतोलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट १५ हजार ९ सय ७५ रुपैयाँ नगदसहित विभिन्न ब्राण्डका ७ वटा मोवाइल पनि बरामद गरेको छ । गोलबजार प्रहरीलेमात्रै चालू आर्थिक वर्ष ०७६÷७७ मा ब्राउन सुगरका १४ मुदामा ३१ ज्नामाथि मुद्दा चलाएको छ । उनीहरुको साथबाट २६ ग्राम २ सय ५५ मिलि ग्राम ब्राउसुगर बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयार भयो बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव