खुमलटार पुगेलगत्तै आफूमाथि लगाइएको आरोपबारे बोले महरा (विज्ञप्तिसहित)
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै एक विज्ञप्ति जारी गरी महराले सो प्रतिक्रिया दिएका हुन् । महरालाई जिल्ला अदालत काठमाडौंले आजै सफाई दिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उनले तत्कालीन सभामुखको जिम्मेवारीमा रहँदा लगाइएको एमसीसी प्रकरणको समेत घुमाउरो ढंगले जवाफ दिएका छन ।
उनले आफु एक देशभक्त नेपालीका रुपमा रहेको र मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको दाबी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो,अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो
-
ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे