पेट्रोल,डिजेल र मट्टितेलको घट्यो मूल्य
सोमबार, ०५ फागुन २०७६, १९ : ३५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पर्दाथको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ । उक्त मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।
स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल–डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७–९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै
-
लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति
-
राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान
-
बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य
-
श्याम रिमालका तीन कविता
-
हास्य कलाकार भारती सिंह अस्पताल भर्ना