काँग्रेस नेता शाक्यको बौद्ध परम्पराअनुसार अन्त्येष्टि
नेपाली काँग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको अन्त्येष्टि गरिएको छ । आइतबार निधन भएका ललितपुरका पूर्वमेयर रहेका शाक्यको आज बौद्ध परम्पराअनुसार शङ्खमुलमा अन्त्येष्टि गरिएको काँग्रेस नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।
अन्त्येष्टिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु शङ्कमुल पुगेका थिए । स्वर्गीय शाक्यको शवमा काँग्रेस नेताहरुले पार्टीको झण्डा ओढाएका थिए ।
नगरपालिका सङ्घका पूर्वअध्यक्ष रहनुभएका स्व शाक्यले स्थानीय तहलाई स्थानीय सरकार बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
विकेन्द्रीकरण समाज नेपालका उपाध्यक्षसमेत हुनुभएका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व शाक्यका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
यसैबीच आइतबार पार्टीका सभापति शेरबहादुर देउवाले स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति