महरा प्रकरण : यस्तो छ रोशनीको मेडिकल जाँच गर्ने डाक्टरको रिपोर्ट
काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट निर्दोष सावित भइ रिहा भए ।
मुद्दालाई लिएर महरा दोषी ठहर भइ जेल चलान हुने वा निर्दोष साबित भइ रिहा हुने भन्नेबारे थरीथरीका टिकाटिप्पणी भएका थिए । तर जिल्ला अदालत काठमाडौंले महरा रोशनीको डेरामा पुगेको प्रमाण नभएको तथा यौन दुर्व्यवहार भएको प्रमाण पनि नभएको भन्दै उनलाई निर्दोष साबित गरिदियो ।
उनलाई निर्दोष साबित गराउन भूमिका खेल्ने एउटा महत्त्वपूर्ण कागज रातोपाटीले फेला पारेको छ ।
रातोपाटीलाई प्राप्त उक्त कागज रोशनीको स्वास्थ्य परीक्षणको कागज हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतल महाराजगन्जमा भएको रोशनीको स्वास्थ्य परीक्षणमा रोशनीको शरीरको विभिन्न स्थानमा घाउचोट भएपनि यौनाङ्गहरुमा कुनै चोट नभएको उल्लेख छ । त्यसैगरी डाक्टरको रिपोर्टमा रोशनीको मानसिक अवस्था सन्तुलित नरहेको भन्दै उनलाई मनोपरामर्शको आवश्यकता देखिएको बताइएको छ ।
हेर्नुहोस्, मेडिकल रिपोर्ट

त्यसैगरी रोशनीको स्वास्थ्य परीक्षण गराउने टिचिङ अस्पतालकी डाक्टर आहना श्रेष्ठले अदालतसमक्ष गरेको बयानमा पनि रोशनीलाई मनोपरामर्शको आवश्यकता रहेको बताएकी छिन् । रोशनीको स्वास्थ्य परीक्षणमा निलडाम तथा केही स्थानमा सुन्निएको देखिएपनि यौन दुर्व्यवहारको अवस्था नदेखिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण