बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३८ दिनमा सकियो ‘माईकल अधिकारी’

सोमबार, ०५ फागुन २०७६, १८ : ४०
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । रियल प्रेम जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माईकल अधिकारी’को छायाँकन सकिएको छ । झापा र इलामका बिभिन्न स्थानमा ३८ दिनको नियमित छायाँकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ । 

आगामी २८ चैत्र प्रर्दशन मिति तय गरिएको फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गोपीकृष्ण मुभिज्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता निरक पौडेल हुन् । फिल्मलाई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र जिजिए ग्रुपले वितरण गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप