केन्द्रीय संस्करण

संगीतको दुनियामा फर्किए जस्टिन

person explore access_timeफागुन ५, २०७६ chat_bubble_outline0

लन्डन । हलिउड गायक तथा अभिनेता जस्टिन बीबर संगीतको दुनियामा फर्किएका छन् । बिगत दुई बर्षदेखि डिप्रेसनमा रहेका उनी अहिले तनावबाट मुक्त भएर फर्किएका हुन् । 

उनलाई डिप्रेसनबाट बाहिर ल्याउन गायिका एरियाना ग्राण्डेले महत्वपुर्ण भूमिका खेलेकी छन् । जस्टिन आफैले सो कुरा बताएका हुन् । 

‘एरियाना मलाई हमेसा प्रोत्साहन गर्दथिन्’ जस्टिले भने ‘मलाई जस्टिन बीबर सिजनको केही भाग बनाउनु थियो ।  एशियानाले मलाई जहाँबाट खतम भएको थियो । त्यहीबाट सुरु गर्न प्रेरणा समेत दिइन् ।’ यो मात्र नभएर एरियानाले कयौ पटक आफुलाई साथ दिएको बीबरले बताए ।

‘मैले १९ बर्षको उमेरमा ड्रग्स् लिन सुरु गरेको थिए । सोही समयदेखि सम्बन्धको कदर गर्न समेत बन्द गर्दिए’ जस्टिनले अगाडि भने ‘म एकदमै भाग्यमानी पनि छु । किनभने एरियाना जस्तो मानिस मेरो जीवनमा आइन् र मलाई प्रोत्साहन गरिन्,’ बीबरले आफूले गरेको गल्ती ठिक गर्न वर्षाैँ लागेको समेत बताएका छन् ।

जस्टिन २०१६ मा अमेरिकी मोडल हेली बाल्डविनकोसँग डेट गदर्थे । २०१८ मा उनले उनीसँग नै बिवाह गरेका थिए ।

हेली अगाडि बीबर सेलेना गोमेजसँगको डेटमा थिए । गोमेजसँग २०१४मा उनको ब्रेकअप भएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...