बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा २२ वर्ष पछि फरार प्रतिवादी पक्राउ

सोमबार, ०५ फागुन २०७६, १६ : २२
सोमबार, ०५ फागुन २०७६

धादिङ । धादिङमा बहुबिवाह मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धलेक गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय रामबहादुर अर्याललाई पक्राउ गरेको हो ।

अर्यालमाथि २०५४ साल कार्तिक २० गते जिल्ला अदालत धादिङले बहुबिवाह मुद्धामा १ महिना १५ दिन कैद र २ हजार जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका अर्याललाई  आजै धादिङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप