डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी ठकुरी र पूर्वडीआईजी कोइरालाले गरे महराको बिदाइ
काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशपछि रिहा हुन लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बिदाइ गरेका छन् ।
जेलभित्र ठकुरी र कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेको कारागार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् । महरा केहीबेरपछि रिहा हुँदैछन् ।
जेलभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ ।
सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा ठकुरी जेल सजाय भोग्दैछन् ।
यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् । कोइरालाई जन्मकैद फैसला सुनाइएको छ ।
श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए ।
मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका हुन् । पक्राउ परेसँगै डीआईजी कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण